माओवादी केन्द्र नेचासल्यानको अध्यक्षमा वियस राई

शेयर गर्नुहोस्

सोलुखुम्बु– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नेचासल्यान गाउँपालिकाको अध्यक्षमा बियस राई निर्वाचित हुनुभएको छ । बुधबार सम्पन्न पार्टीको दोस्रो गाउँसम्मेलनबाट बियस राईको नेतृत्वमा ४५ सदस्य कार्यसमिति निर्वाचित भएको माओवादी केन्द्र सोलुखुम्बुका प्रचारप्रसार विभाग प्रमुख भोजराज कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार निर्वाचित कमिटीको उपाध्यक्षमा युवराज राई, सरोज कटेल र लिली राई रहनुभएको छ । यस्तै सचिवमा बम प्रसाद बाँस्तोला, सह–सचिवमा युवराज राई र कोषाध्यक्षमा ओम कुमार राई निर्वाचित हुनुभएको छ ।

यस्तै मुक्ति शर्माको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिति, कृष्ण शर्माको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति र कुल प्रसाद बास्तोलाको संयोजकत्वमा अनुशासन समिति समेत गठन गरिएको छ ।सम्मेलनलाई माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज हेमकुमार राई(शुरविर), केन्द्रीय सदस्य गोम्बु शेर्पा(कज्र्याङ), प्रदेश सचीवालय सदस्य तथा जिल्ला सह–इन्चार्ज असिम राई, प्रदेश सदस्य तथा जिल्ला संयोजक नाम्गेल शेर्पा लगायतले संबोधन गर्नुभएको थियो ।

कार्यक्रम पार्टीका पालिका कमिटी अध्यक्ष सिताराम भट्टराईको अध्यक्षता तथा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज हेमकुमार राई(शुरविर)को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु