अनेरास्ववियु सोलुखुम्बुको अध्यक्षमा नरेन्द्र कुलुङ निर्वाचित

शेयर गर्नुहोस्

सोलुखुम्बु- अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु सोलुखुम्बुको अध्यक्षमा नरेन्द्र कुलुङ निर्वाचित हुनुभएको छ ।

आज माप्य दुधकोशी गाउँपालिका खास्तापमा सम्पन्न १२ औँ अधिवेशनले कुलुङलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
कुलुङको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला किमिटी चयन गरिएको छ । उपाध्यक्षमा मिङमा याङजी र खड्ग विक, सचिवमा देवेन्द्र ढुंगेल, सहसचिवमा मिङमा शेर्पा, चादनी राई र मिङमार शेर्पालाई चयन गरिएको छ । यस्तै कार्यालय सचिवमा दावा शेर्पा, कोषाध्यक्षमा भेष कुमार विकलाई चयन गरिएको सहकर्मी लक्ष्मी श्रेष्ठले जानकारी दिनुभयो ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु केन्द्रीय समितिका सचिव मनोज चाम्ली लिम्बुकोले निर्वाचित कमिटीलाई शपथ ग्रहण गराउनुभएको थियो ।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुका अध्यक्ष, उपाध्यक्ष, उपसचिव, माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धि किरण राई लगायतका सबै पालिकाबाट प्रतिनिधिका रूपमा आएका विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु