सोलुखुम्बु– जिल्लाको माप्य दुधकोशी गाउँपालिका खास्तापमा संचालन भएको निशुल्क २ दिने दन्त शिविरमा १५५ जनाले सेवा लिएका छन् ।
ह्याप्पी माउथ्, ह्याप्पी माईन्ड भन्ने मूल नाराका साथ सोलुखुम्बु डेन्टल क्लिनिक र माप्य दुधकोशी गाउँपालिकाको संयुक्त आयोजनामा बैशाख ६ र ७ गते शिविर संचालन गरिएको थियो ।
विशेषज्ञ दन्त चिकित्सक साथै दन्त स्वास्थ्यकर्मीहरुको संलग्नतामा भएको शिविरमा ४८ जनाले दाँत निकाल्ने, दाँत भर्ने ४२, र ४४ जनाले दाँत सफा, २१ जनाको दाँत परिक्षण गरिएको सिडिएस किवी घिमिरेले जानकारी दिनुभयो ।

माप्यदुधकोशी गाउँपालिका प्रमुख बुद्धि किरण राईले शिविरको अवलोकल गर्नुभएको थियो । गाउँमै सेवा लिनु पाउदा नागरिकहरु निक्कै हर्सित भएको थिए ।









