सोलुखुम्बुः नेपाल तरुण दल सोलुखुम्बुको जिल्ला अधिवेशन तत्काल गर्न माग गरिएको छ ।
नेपाली काँग्रेस सम्बद्ध युवा संगठन नेपाल तरुण दल सोलुखुम्बु लामो समयदेखि अध्यक्ष विहिन भएको भन्दै सोमबार काठमाडौँमा बसेको बैठकले रिक्त रहेको पदमा पदाधिकारी चयन अगाडी नबढेको भन्दै जिल्ला अधिवेशन गर्न माग गरिएको छ ।

जिल्ला सचिव शेखर बस्नेतको अध्यक्षतामा बसेका बैठकले केन्द्रिय समितिले दिएको समयाधिभित्र तरुण दलको पुर्णकालिन सदस्यता वितरण नगरेको, तरुण दल वडा कार्य समितिलाई हस्तान्तरण गरि विधिवद रुपमा सदस्यता वितरण गर्ने माग गर्ने निर्णय भएको बताइएको छ।
बैठक नेपाल तरुण दल सोलुखुम्बुका पूर्व अध्यक्ष तथा पार्टी महाधिवेशन प्रतिनिधि जीवन गुरुङको प्रमुख आतिथ्यतामा बसेको बैठकमा तरुण दलका केन्द्रिय सदस्य अश्बिन बाबु थापा, ङिम छिरि शेर्पा, तरुण दलका नेता भाईकाजी शर्मा लगायत ४५ जनाको उपस्थीती रहेको थियो ।