जंगलको डढेलो गाउँ पस्दा एक विद्यालयसहित सात घर जलेर नष्ट

शेयर गर्नुहोस्

खोटाङ– जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–२ मा सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा एक सामुदायिक विद्यालयसहित सात घर जलेर नष्ट भएका छन् ।

बाल्छीखोला सामुदायिक वनमा लागेको डढेलो हावाका कारण बस्तीमा प्रवेश गर्दा छुम्पाङ, बाघखोर, च्यानटार, पाँचभैयाटार र लाङमाका सात घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । डढेलोले बालकन्या आधारभूत विद्यालयमा समेत क्षति पुगेको स्थानीयवासी घनश्याम राईले जानकारी दिनुभयो ।

डढेलो गाउँ पसेपछि सुरक्षाकर्मी र स्थानीयवासी निभाउन खटिएका थिए । प्रहरीका अनुसार कक्षा–५ सम्म पढाइ हुने विद्यालयको काठबाट बनाइएको दुई कोठे भवन जलेको हो । दाम्लीको नबेल्खा जङ्गलमा लागेको डढेलो फैलिएको हो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु