सोलुखुम्बु– नेपाल सांस्कृतिक महासंघ सोलुखुम्बुको अध्यक्षमा बाबुराज कुलुङ चयन भएका छन् । नेपाली काँग्रेसको शुभेच्छुक संस्था महासंघको तेस्रो जिल्ला अधिवेशनबाट कुलुङको नेतृत्वमा ११ सदसिय नयाँ समिती गठन गरिएको जनाईएको छ ।
जिल्ला अध्यक्ष आश्विन थापाले अध्यक्षतामा भएको कार्यक्रममा पूर्व मन्त्री तथा नेपाली काँग्रेस केन्द्रिय सदस्य बल बहादुर केसीको प्रमुख अतिथ्यता रहेको थियो । महासंघको प्रदेश तथा केन्द्रिय प्रतिनिधी समेत छनौट गरेको छ । प्रदेश प्रतिनिधीमा कृष्ण राई, शान्ति बस्नेत, मेम कुमारी राजभण्डारी, टेक बस्नेत, मनिषा घतानी र प्रवेश राईलाई रहेका छन् ।

कन्द्रिय प्रतिनिधीमा बाबुराजा केसी, अश्विण थापा, टेक नाछिरिङ्ग, तारा भण्डारी, मिलन केसी लाई पठाउने निर्णय गरेको छ । यस्तै, कार्यक्रममा जिल्ला पार्टीका नेता, नेचासल्यान गाउँपालिका प्रमुख धनजन राई, उपप्रमुख विना राई लगताएत विभिन्न भातृसंघ संगठनका प्रतिनीधिहरुको उपस्थिति रहेको सचिव मिलन केसी जानकारी दिनुभयो ।









