काठमाडौं– नेपाल क्रिकेट संघ(क्यान) ले आफ्नो वार्षिक क्यालेन्डर आज सार्वजनिक गर्नेभएको छ ।
क्यानले सन् २०२५ को वार्षिक क्यालेन्डर सार्वजनिक गर्न लागेको हो । गत वर्ष असोजमा निर्वाचित क्यानको कार्यसमितिले दोस्रो पटक क्यालेन्डर सार्वजनिक गर्न लागेको हो।
गत वर्ष पुसमा क्यालेण्डर सार्वजनिक भएको थियो। यो वर्ष क्यालेन्डर सार्वजनिकमा केही ढिलाई भएको क्यानका सचिव पारस खड्काले बताएका थिए ।