सोलुखुम्बु– जिल्लाको सोताङ गाउँपालिकामा संचालित शिविरबाट २सय ३६ जनाको आँखा परिक्षण गरिएको छ। जिल्ला सामूदायिक आँखा केन्द्र फाप्लु, तिलगंगा प्रतिष्ठान र अन्पधोन उपचार परियोजनाको आयोजनामा संचालित शिविरबाट १९ जनामा मोतियाबिन्दु देखिएको छ ।

पालिकाको वडा नम्बर १ मा रहेको पावै स्वास्थ्य चौकीमा भएको शिवि बाट ६ जना र सोताङ अस्पतालबाट १३ जना गरी जम्मा १९ जनामा मोतिबिन्दुको समस्या देखिएको स्वास्थ्य शाखा संयोजक हरिधनि राईले बताउनुभयो ।

उक्त मोतिबिन्दुभएकाहरुको यही चैत ७ र ८ गते जिल्ला सामूदायिक आँखा केन्द्र फाप्लु सोलुखुम्बुमा तिलगंगा आँखा प्रतिष्ठानका नेत्र विषेशज्ञहरुद्वारा शल्याक्रिया गरिने बताइएको छ ।