सोलुखुम्बु– कोशी प्रदेश खेलकुद महोत्सवमा २०८१ मा सोलुखुम्बुबाट ८ वटा खेल विद्यामा सहभागिता जनाइएको छ ।
कोशी प्रदेशको आयोजनामा फागुन १३ देखि १८ गते सम्म संचालन हुन लागेको प्रतियोगितामा जिल्लाबाट विभिन्न ८ विद्यामा खेलाडीहरुले सहभागिता जनाएको जिल्ला खेलकुद विकास समितिका सदस्य सचिव नेत्र प्रसाद घिमिरेले जानकारी दिनुभयो ।
प्रदेशले संचालन गर्न लागेको विभिन्न प्रतिगियोगिता माध्य जिल्लाबाट महिला फुुटबल, महिला पूरुष दौड, पूरुष कबड्डी, डोरीतान पूरुष, टेबलटेनिस महिला तथा पूरुष, बाघचाल प्रतियोगिता पूरुष, कराते महिला पुरुष र तेक्वान्दो विद्या महिला परुष गरि जम्मा ८ विद्यामा सहभागिता रहेका जिल्ला खेलकुद विकास समिति अध्यक्ष नरेन्द्र थापा मगरले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रदेशको १४ जिल्लाबाट विभिन्न विद्यामा खेलडीहरुको सहभागिता जनाएका छन् । प्रतियोगितामा बुद्धिचाल र सफ्टटेनिसमा विद्यामा खेलाडी अनुपस्थित रहेको जनाइएको छ । प्रतियोगिता प्रदेश राजधानी विराटनगरमा संचालन हँदैछन् ।
