सोलुखुम्बु– माप्य दुधकोशी गाउँपालिकाको अध्यक्ष कपको महिला तर्फको उपाधी माप्य दुधकोशी ७ (वि)ले हात पारेको छ ।
गाउँपालिकाको आयोजना गत माघ ३० गतेबाट सुरुभएको खेलमा माप्यदुकोशी १ लाई सोझो सेटमा पछि पार्दै उधाधी उचालेको हो । यस्तै, प्रतियोगितामा द्धितिय माप्यदुधकोशी २, तृतिय माप्यदुधकोशी ४ र चौथो स्थान महाकुलुङ ५ भएको छ ।

विजय टिमले शिल्ड, मेडल र प्रमाण पत्रको साथमा नगद १ लाख ११ हजार १ सय ११, ७७ हजार ७ सय ७७, ५५ हजार ५ साय ५५ प्राप्त गरेका छन् । यस्तै, चौथो स्थान प्राप्त गर्नेले २२ हजार २ सय २२ प्राप्त गरेका छन् ।
प्रतियोगितामा जिल्ला भरबाट ११ टिम को सहभागिता भएको थियो ।