जुबुका ४ का दलित परिवारलाई हिल ट्याङ्की वितरण

शेयर गर्नुहोस्

सोलुखुम्बु– जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–४ जुबुमा हिल ट्याङ्की वितरण गरिएको छ । वडा कार्यालयबाट विनियोजित रु.१ लाख बजेटबाट उक्त ट्याङ्की वितरण गरिएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

प्रवक्ता कार्कीका अनुसार आइतबार गाउँपालिका अध्यक्ष असिम राईले उक्त ट्याङ्की वितरण गर्नुभएको हो । वडा भित्रका दलित घरपरिवारलाई लक्षित गरि १३ वटा ट्याङ्की वितरण गरिएको वडा अध्यक्ष श्याम कुमार गुरुङले बताउनुभयो ।

हिल ट्याङ्की प्राप्त गरेपछि स्थानीयबासीले पिउने पानीको लागि सहज हुने भन्दै हर्षित भएका छन । पानी जम्मा गर्ने व्यबस्था भएपछि धारामा पानी नआउदा पनि केही दिनको लागि सहज हुने विश्वास व्यक्त गर्दै स्थानीय सरकारलाई धन्यवाद ज्ञापन गरेका छन ।


शेयर गर्नुहोस्

अन्य खबरहरु