सोताङ पूरुष भलिबलको उपाधी सोताङ ५ ‘A’लाई

शेयर गर्नुहोस्

सोलुखुम्बु– सोताङ गाउँपालिकाले आयोजना गरेको पूरुष खुल्ला वडा स्तरिय भलिबल प्रतियोगिताको उपाधी सोताङ गाउँपालिका ५ टिम ‘ए’ ले उचालेको छ ।

तेस्रो अध्यक्ष कपको पूरुष तर्फ सोताङ गाउँपालिका ५ ‘डी’ लाईपछि पार्दै उपाधी उठाएको हो । गत माघ १५ गतेबाट सुरुभएको प्रतियोगितामा दोस्रो स्थान सोताङ ५ टिम डी भएको हो ।

यस्तै तेस्रो सोताङ गाउँपालिका १ भएको छ भने सान्वता थुलुङ दुधकोशी गाउँपालिका ७ टिम ए भएको छ । विजेता टिले शिल्ड मेडल र प्रमाण साथमा नगद ७५ हजार, ५० हजार, ३० हजार र २० हजार प्राप्त गरेका छन् ।

प्रतियोगितामा महिला तर्फ २४ टिमको सहभागिता रहेको थियो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु