सोलुका राईलाई चन्द्र न्यौपाने–शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार

शेयर गर्नुहोस्

सोलुखुम्बु– प्रेस चौतारी नेपालले सोलुखुम्बुका पत्रकार गार्डेन राईलाई चन्द्र न्यौपाने–शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ। सामुदायिक रेडियो सोलु एफ.एमका स्टेशन म्यानेजर एवं प्रेस चौतारी नेपालको जिल्ला अध्यक्ष समेत रहेका राईलाई पुरस्कृत गर्न लागिएको हो ।

प्रेस चौतारी नेपालले हरेक वर्ष आफ्नो स्थापना दिवसको अवसरमा प्रदान गर्दै आएको उक्त पुरस्कार राई सहित डढेल्धुराका हरिश चन्द लाई प्रदान गर्ने भएको हो।

आगमी फागुन २५–२७ गते विराटनगरमा हुने १० औं महाधिवेशनमा उक्त पुरस्कार दिइने निर्णय गरिएको छ। नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार प्रदान गर्ने छन्। चौतारीले यसअघि गठन गरेको पुरस्कार छनोट समितिको सिफारिस अनुसार सक्रिय पत्रकारहरूलाई पुरस्कार दिने निर्णय गरेको प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले बताएका छन्।

यस्तै हृदयचन्द्रसिंह प्रधान स्मृति पत्रकारिता पुरस्कारबाट रामेछापका मातृका पौडेल, अग्निशिखा स्मृति पत्रकारिता पुरस्कारकबाट कैलालीका हेमन्त पौडेल, डा. शान्ति पाण्डे प्रेस चौतारी नेपाल राष्ट्रिय महिला पत्रकारिता पुरस्कारबाट कास्कीकी शान्ति गुरुङ, वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कारबाट पर्साका लालबाबु शेख र पाल्पाका रिमा सोमै पुरस्कृत भएका छन्।

सोही क्रममा सावित्रीदेवी–पद्मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कारबाट दोलखाकी उषा तामाङ र सुनसरीकी रोशनी कठेत र चन्द्र न्यौपाने–

महासचिव लामाका अनुसार नेपाली श्रमजीवी पत्रकारहरूको अग्रणी संगठन प्रेस चौतारी नेपाल २७ औं वर्षमा प्रवेश गरेको छ। चौतारीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, श्रमजीवी पत्रकारको पेशागत हक, सूचना हकको रक्षा र व्यावसायिक पत्रकारिताको रक्षाको लागि सम्झौताहिन संघर्ष गर्दै आएको छ।


शेयर गर्नुहोस्

अन्य खबरहरु