सोताङ महिला भलिबलको उपाधी माप्य ७ लाई

शेयर गर्नुहोस्

सोलुखुम्बु– सोताङ गाउँपालिकाले आयोजना गरिएको महिला भलिबल प्रतियोगिताको उपाधी माप्य दुधकोशी गाउँपालिका ७ ले उचालेको छ ।

तेस्रो अध्यक्ष कपको महिला तर्फ सोताङ गाउँपालिका ५ लाईपछि पार्दै उपाधी उठाएको हो । गत माघ १५ गतेबाट सुरुभएको प्रतियोगितामा दोस्रो स्थान सोताङ ५ भएको हो ।

यस्तै तेस्रो महाकुलुङ गाउँपालिका १ भएको छ भने सान्वता सोताङ २ भएको छ । विजेता टिले शिल्ड मेडल र प्रमाण साथमा नगद ४० हजार, ३० हजार, २० हजार र १० हजार प्राप्त गरेका छन् ।

प्रतियोगितामा महिला तर्फ १० टिमको सहभागिता रहेको थियो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु