नेपाल तामाङ संघ सोलुखुम्बुको सभापतिमा धर्म तामाङ दोहोरिय

शेयर गर्नुहोस्

सोलुखुम्बु– नेपाल तामाङ सङ्घ जिल्ला कार्यसमिति सोलुखुम्बुको दोस्रो जिल्ला अधिवेशनबाट पूनः धर्म बहादुर तामाङ दोश्रो कार्यकालका लागि चयन भएको छन् । आज नेपाली काङ्ग्रेसको पार्टी कार्यालय वसन्त बजारमा सम्पन्न अधिवेशनले तामाङ नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

नेपाली काँग्रेस पार्टीको सुभेछुक संस्थाको नव गठित कार्यसमितिको उपसभापतिमा पूर्णिमाया तामाङ सचिवमा छिरिङ तामाङ, सहसचिवमा छोकी माया तामाङ र कोषाध्यक्षमा विमला तामाङलाई चयन गरिएको छ ।

सल्लेरीमा सम्पन्न अधिवेशन नेपाली काङ्ग्रेस मकवानपुर सभापति बुद्ध तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिका उप प्रमुख गान्धी माया तामाङ लगाएत नेपाली काङ्ग्रेस निकट विभिन्न भातृ सङ्गठनका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

हालसम्म ६ वटा जिल्लामा नेपाल तामाङ सङ्घको अधिवेशन सम्पन्न भएको जनाइएको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु