सर्लाही– जिल्लाको बलरा नगरपालिकाको ४ मा रहेको रामसखी मोहित सिंह जनता माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलनमा उत्रेका छन् ।
नगरपालिकाले विद्यार्थीका अविभावकसँग समन्वय तथा छलफलनै नगरी आफुखुसी राजनीतिक रुपमा आफ्नो मान्छेलाई राखेर समिती तोकेको भन्दै विद्यार्थीहरु नाराबाजीमा उत्रेका हुन् । उनीहरुले मेयर रामाशंकर प्रसाद कुशवाहाले स्कुलमा राजनीतक हस्तक्षेप गरि अस्थाई विधालय व्यबस्थापन समिती गठन गरि अध्यन अध्यापन नै धरापमा परेको आरोप लगाएका छन्, ।
यता नगरपालिकाले भने पटक पटक समिती गठनको प्रयास गरिएको र समिती गठन गर्नुनसकिएकाले सुनिल कुमार सिंहको अध्यक्षतामा ९ सदस्यीत तदर्थ स्कुल व्यवस्थापन समिति गठन गरि पठाएको बताएको छ ।

स्कुलमा पढाईलेखाई भन्दा बढी राजनीतिक अखडा बनाउदै जानु दुर्भाग्य पूर्ण रहेको भन्दै अभिवाक, स्थानिय तथा सरोकारवालाहरुले दुख व्यक्त गरेको छन् ।