सोलुखुम्बुका ५० जना प्रहरीलाई सिपीआर सम्बन्धी तालिम

शेयर गर्नुहोस्

काठ्माडौं– सोलुखुम्बुका ५० जना प्रहरीलाई कार्डियो पल्मोनरी रिससिटेशन (सिपीआर)बाट बिरामी बचाउने तालिम दिइएको छ । टोखाको धापासीस्थित ग्राण्डि अस्पतालका डा. कमल थापाले जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी जवानलाई सिपीआर सम्बन्धि प्रशिक्षण गर्नुभएको छ ।

अस्पतालका इमेरजेन्सी मेडिसिन विभागबाट सोलुखुम्बु आउनुभएका डा. थापाले शुक्रवार जिल्ला प्रहरी कार्यालयमै पुगेर सो प्रशिक्षण प्रदान गर्नुभएको कार्यालयका प्रहरी प्रमुख डिएसपी सुनिल जंग शाहले बताउनुभयो ।

प्रमुख शाहका अनुसार, उक्त प्रशिक्षण अन्तर्गत कार्यालय तथा मातहत समेतमा कार्यरत कुल ५० जना प्रहरी जवानलाई काम कारवाहीको शिलशिलामा बेहोस भई मुटुको धड्कन नचलेको व्यक्तिको ज्यान बचाउनका लागि गरिने प्राथमिक उपचारसम्बन्धि अभ्यास गराइएको थियो ।

व्यवहारिक अभ्यास मार्फत प्रदान गरिएको सो प्रशिक्षण प्रहरी कामकारवाहीको दौरानमा अत्यन्त महत्वपूर्ण रहेको उहाँले बताउनुभयो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु