अमेरिकामा वालमार्टमा विमान क्¥यास गराउने पाइलटको धम्कीले हैरान

शेयर गर्नुहोस्

काठमाडौं – अमेरिकामा एक जना पाइलटले चोरीको विमान वालमार्टमा क्¥यास गराउने धम्की दिएपछि अमेरिकी अधिकारीहरु हैरान भएका छन् ।

मिसिसिपी राज्यमा शनिबार बिहान ८ बजे चोरीको विमान उडाएका ती पाइलटले वालमार्ट स्टोरमा क्¥यास गराउने धम्की दिएका थिए । बिचक्राफ्ट किङ ९० विमानले मिसिसिपीमा रहेको वालमार्ट स्टोरमाथि फन्का लगाईरहेको थियो । अधिकारीहरुले सुरक्षित अवतरणका लागि निरन्तर सम्पर्क गर्दा पनि पाइलटले अस्वीकार गरेका थिए ।

वालमार्ट स्टोर र वरपरको क्षेत्र पूर्ण रुपमा खाली गराइएको थियो । सर्वसाधारणलाई सचेत रहन भनिएको थियो । सुरक्षा अधिकारीहरु र उड्डयन अधिकारीहरुले निरन्तर उडेको विमानको रुट पछ्याईरहनु बाहेक अरु कुनै उपाय नभएको बताएका थिए ।

तर विमानको इन्धन सकिएपछि पाइलट आफैंले खुला चौरमा विमानलाई क्र्यासल्याण्ड गराएका थिए । क्र्यासल्याण्ड गराए पनि विमानमा आगो नलागेको र उनलाई तत्काल पक्राउ गरिएको मिसिसिपीको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका पाइलटमाथि अनुसन्धान थालिएको अमेरिकाको गृहमन्त्रालयले जनाएको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु