खोटाङ खेलकुद अध्यक्ष राई प्रहरी नियन्त्रणमा

शेयर गर्नुहोस्

खोटाङ– जिल्ला खेलकुद विकास समिति खोटाङका अध्यक्ष रमेश राई ुमहेशु विरुद्ध जबरजस्ती करणीमा जाहेरी परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी प्रहरी कार्यालय खोटाडका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश बुढाथोकीका अनुसार राई विरुद्ध जबरजस्ती करणीमा असार १२ गते साँझ जाहेरी परेको हो ।

जाहेरीपछि अनुसन्धान प्रक्रिया सुरु भएको बुढाथोकीले सुनाएका छन्। अध्यक्ष राई असार ११ गते मध्यरातमा एक महिलासंग एउटै कोठामा फेला पारेपछि स्थानीयको अनुरोधमा असार १२ गते विहान २ः ४५ बजे प्रहरीले नियन्त्रणमा लिएको
थियो।


शेयर गर्नुहोस्

अन्य खबरहरु