सोलुखुम्बु — “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ लुक्लामा सोलुखुम्बु जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ।
Khumbu Pasang Lhamu Rural Municipality खुम्बु पासाङ ल्हामु गाउँपालिकाको आयोजनामा सुरु भएको प्रतियोगिता असार ११ र १२ गतेसम्म सञ्चालन हुने जनाइएको छ। जिल्लाका विभिन्न क्षेत्रबाट खेलाडीहरुको सहभागिता रहेको प्रतियोगिताले स्थानीय खेलकुद गतिविधिलाई थप सक्रिय बनाउने अपेक्षा गरिएको छ।

आयोजकका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य खेलकुद विकाससँगै हिमाली क्षेत्रको पर्यटन प्रवर्द्धन गर्नु रहेको छ। विशेषगरी Lukla Airport लुक्लाजस्तो अन्तर्राष्ट्रिय पर्यटकको प्रमुख प्रवेशद्वारमा यस्ता प्रतियोगिता आयोजना गरेर खेल र पर्यटनलाई सँगसँगै अघि बढाउने लक्ष्य लिइएको बताइएको छ।
खेलकुदमार्फत स्वस्थ समाज निर्माणसँगै जिल्लाको पर्यटन क्षेत्रलाई थप चलायमान बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ।









