वाईसिएल नेपाल १ नम्बर प्रदेश सह–सचिवमा सोलुका टेक बहादुर रसाइली

शेयर गर्नुहोस्

सोलुखुम्बु– वाइसिएल नेपाल १ नम्बर प्रदेशको प्रथम सम्मेलनबाट सोलुखुम्बुको नेतृत्व गर्दै प्रदेश कमिटीको सह–सचिवमा टेक बहादुर रसाइली निर्वातिय हुनु भएको छ ।
बुधबार सम्पन्न प्रदेश सम्मेलनबाट सोलुखुम्बुबाट प्रदेश सदस्यहरूमा कुल राई, पूर्णिमा बोम्जन र रन्जना तामाङ निर्वाचित भएका छन् । यो सोलुखुम्बु जिल्लाको प्रतिनीधित्व गर्दै पहिलो पटक दुई महिला सदस्य वाइसिएल नेपाल प्रदेश नेतृत्वमा पुग्न सफल भएका छन् ।

जसलाई सोलुखुम्बुको राजनीतिक तथा सामाजिक क्षेत्रमा सकारात्मक उपलब्धिका रूपमा हेरिएको छ । वाइसिएल नेपाल सोलुखुम्बुका जिल्ला इञ्चार्ज रश्विन मगरले नवनिर्वाचित टिमलाई शुभकामना दिँदै सोलुखुम्बुका युवाहरूको मुद्दामा निर्णायक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

साथै, उहाँले यो जिम्मेवारी सामन्य ढङ्गबाट प्राप्त भ.नभएको र यो प्राप्तिलाई सोलुखुम्बुका आम युवाहरुको संगठन हो भन्ने जनमानसमा प्रत्याभुती दिलाउनुपर्ने धारणा पनि राख्नुभयो । यस सम्मेलनले सोलुखुम्बुको युवा नेतृत्वमा नयाँ जोस जाँगर र संगठन प्रति उत्साह थपिने अपेक्षा गरिएको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु