भीरबाट लडेर दैलेखमा एक पूरुषको ज्यान गयो

शेयर गर्नुहोस्

दैलेख – दैलेखमा भीरबाट लडेर एक जनाको ज्यान गएको छ । भगवतीमाई गाउँपालिका–३ सान्तडाका २१ वर्षीय मीमबहादुर चन्दको भीरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी गणेश बरालले जानकारी दिनुभयो ।

चन्द भगवतीमाई गाउँपालिका–१ वेस्तडा बजारदेखि पैदल हिँड्दै वडा नम्बर–३ मेहेलतोलीमा रहेको घर जाने क्रममा रुम खोलाको लाप्का तरेर सिँढी चड्दै गर्दा भीरबाट लडेर ज्यान गएको डीएसपी बरालले बताउनुभयो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु