सोलुखुम्बु– वाइसिएल नेपाल १ नम्बर प्रदेशको प्रथम सम्मेलनमा अध्यक्ष र सचिव पदका लागि भोलि शुक्रबार निर्वाचन हुनेभएको छ ।
बुधबारको सम्मेलनबा नयाँ नेतृत्व चयनका लागि सबै नेतृत्वहरु सर्वसम्मत रुपमा चयन भएपनि दुई पदमा भने सहमति नजुटेपछि निर्वाचन हुने भएको हो ।
अध्यक्ष पदका लागि दुई उमेद्वार बिक्रम लिम्बु र बिक्रम सङ्कर चुनावी मैदानमा उत्रेका छन् । यस्तै, सचिव पदमा आदेश राई र कैलास लिम्बु वीच प्रतिस्पर्धा हुने भएको हो । विक्रम लिम्बु इलामका हुनभने विक्रम सङ्कर पाँचथरका हुन् ।

सचिव तर्फका उमेद्वार आदेश राई खोटाङ र कैलाश लिम्बु ताप्लेजुङ जिल्लाका हुन् । १ नम्बर प्रदेशका १४ जिल्लाका प्रतिनीधिहरुले मतदान गर्नेभएका छन् ।









