वाईसिएल सोलुको अध्यक्षमा विवेक राई सर्वसम्मत

शेयर गर्नुहोस्

सोलुखुम्बु– नेकपा माओवादी केन्द्रको भातृ सङ्गठन वाइसिएल नेपाल सोलुखुम्बुको अध्यक्षमा विवेक राई सर्वसम्मत चयन हुनुभएको छ ।

विहीबार जिल्ला सदरमुकाम सल्लेरीमा सम्पन्न जिल्ला सम्मेलनले राईको अध्यक्षतामा ३५ सदस्यीय नयाँ जिल्ला कार्य समिति चयन गरेको हो ।

सम्मेलनले कमिटीको उपाध्यक्षका लागी प्रविण राई, दोर्जी तामाङ, अनिल राई, सचिवमा नवराज राई सहसचिवमा गणिता कुलुङ, सोनाम रसाइली र आङ निमा शेर्पालाई चयन गरेको छ ।

कोषाध्यक्षमा पूर्णिमा तामाङ चयन भएकी छन् । वाईसिएल जिल्ला इन्चार्ज रष्विन मगरको अध्यक्षमा भएको कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सोलुखुम्बु जिल्ला इन्चार्ज हेमकुमार राई ’सुरविर’, जिल्ला सह–इन्चार्ज असिम राई, प्रदेश समिति सदस्य तथा जिल्ला संयोजक नाम्गेल शेर्पा लगायत विभिन्न भातृ सङ्गठनका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

सम्मेलनले सङ्गठनलाई अझ सशक्त, अनुशासित र विचारधारात्मक रुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दै युवा सहभागिता बढाउने रणनीति अपनाउने घोषणा गरेको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु