घुसलिदै गर्दा सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाका इन्जिनियर पक्राउ

शेयर गर्नुहोस्

ओखलढुङ्गा– सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय ओखलढुङ्गामा कार्यरत इन्जिनियर सन्तोष कुमार यादव घुस रकम सहित रंगेहात पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीले यादवलाई रु ५ लाख ७० हजार घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो। उनलाई खोटाङ जिल्लामा निर्माणाधीन सडकको रनिङबील भुक्तानीका लागि सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको अख्तियारले जनाएको छ।

टोलीले जेठ १ गते भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१, लोकन्थलीबाट यादवलाई पक्राउ गरेको हो। पक्राउपछि उनीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।


शेयर गर्नुहोस्

अन्य खबरहरु