सोलुखुम्बु — लामो समयदेखि रिक्त रहेको जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्ष पदमा अर्जन बहादुर रोका तथा उपाध्यक्ष पदमा कृष्णा तामाङ (स्याङ्बो) मनोनित भएका छन्।
नवनियुक्त अध्यक्ष रोका र उपाध्यक्ष तामाङले आज Biratnagar विराटनगरमा आयोजित एक कार्यक्रमबीच सपथ ग्रहण गरेका छन्। केही समयदेखि नेतृत्वविहीन अवस्थामा रहेको समितिले नयाँ नेतृत्व पाएसँगै जिल्लाको खेलकुद क्षेत्रले नयाँ गति लिने अपेक्षा गरिएको छ।
नवनियुक्त अध्यक्ष अर्जन बहादुर रोका जिल्लामा सक्रिय खेलकुद अभियन्ताका रूपमा परिचित छन्। उनी हाल Solukhumbu Taekwondo Association सोलुखुम्बु तेक्वान्दो संघका अध्यक्ष समेत रहेका छन्।
त्यसैगरी उपाध्यक्षमा मनोनित कृष्णा तामाङ (स्याङ्बो) लामो समयदेखि तेक्वान्दो क्षेत्रमा सक्रिय खेलाडी तथा प्रशिक्षकका रूपमा परिचित छन्। खेलकुद क्षेत्रमा अनुभव भएका दुई व्यक्तिको नेतृत्वसँगै सोलुखुम्बुको खेल क्षेत्र थप सशक्त बन्ने विश्वास गरिएको छ।











