सुनसरीको सतेरझोरा स्वास्थ्य चौकीमा प्रसूति केन्द्रको लागि सामाग्री हस्तान्तरण

शेयर गर्नुहोस्

सोलुखुम्बु– चौधरी फाउण्डेशनले सतेरझोडा स्वास्थ्य चौकीलाई स्तर उन्नती तथा आधुनिक प्रसूति केन्द्रका लागी सामग्री हस्तान्तरण गरेको छ ।
फाउण्डेशनले आज एक औपचारिक समारोहको उत्घाटन गरी सुनसरी जिल्लाको गडी गाउँपालिका–२, सतेरझोडामा रहेको प्राथमिक स्वास्थ्य प्रसूति केन्द्रका लागी आवश्यक स्वास्थ्य उपकरणहरु प्रदान गरेको हो ।

चौधरी फाउन्डेशनले स्वास्थ्य चौकीलाई स्थानीय आवश्यक्ता अनुरुप प्रसूति केन्द्रहरू आधुनिक उपकरण तथा पूर्वाधारले सुदृढ गर्दै आगामी दिनहरूमा पनि यसलाई अझ प्रभावकारी रूपमा विस्तार गर्दै लैजाने र केन्द्रलाई आधुनिक, उपयोगी र मापदण्ड अनुसारको सुविधा सहित सक्षम बनाउने योजना राखेको छ ।

कार्यक्रममा बोल्नुहुँदै चौधरी समूहका प्रबन्ध निर्देशक श्री निर्वाण चौधरीले “यो केवल एउटा परियोजना मात्र होइन, प्रत्येक आमाले सुरक्षित वातावरणमा सुरक्षित प्रसूति गर्ने अवसर पाउन र प्रत्येक नवजात शिशुले सम्मान जनक तथा स्वस्थ जीवनको सुरुवात पाउनका लागि कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।

निर्देशक चौधरीले यो पहल सुनसरीमा मात्रै नभइ नेपालको सातै प्रदेशमा सञ्चालन भइरहेको जानकारी दिनुभयो । अहिलेसम्म यस समुहले नवलपरासीको पक्लिहवा प्रसूति केन्द्र, नवलपुरको देवचुली नगर अस्पताल, र सप्तरीको फत्तेपुर स्वास्थ्य चौकी सहित चार वटा प्रसूति केन्द्रको स्तरोन्नति गरिसकेको जनाएको छ ।

यस्तै अन्यवक्ताहरूले समुदाय तहमा मातृ तथा नवजात स्वास्थ्य सेवा सुदृढ गर्नु अत्यन्तै आवश्यक रहेको उल्लेख गर्दै चौधरी फाउन्डेशनको दीर्घकालीन योगदान प्रति आभार प्रकट गरेका छन् ।

चौधरी फाउन्डेशनले नेपालका आमाहरू र शिशुहरूका लागि सुरक्षित मातृत्व, गुणस्तरीय स्वास्थ्य सेवा, महिला सशक्तिकरण तथा राष्ट्रिय मातृ–शिशु स्वास्थ्य लक्ष्य प्राप्तिमा निरन्तर योगदान दिँदै आएको छ र भविष्यमा पनि यो अभियानलाई अझ सबल बनाउँदै लैजाने उद्देश्य लिएको प्रबन्धक चौधरीले बताउनुभयो

हस्तान्तरण तथा उद्घाटन समारोहमा चौधरी समूहका प्रबन्ध निर्देशक श्री निर्वाण चौधरी, गडी गाउँपालिकाका अध्यक्ष, स्थानीय प्रतिनिधिहरू, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु