ख्यातिप्राप्त गायक प्रमोद खरेल, कृष्ण कँडेल(इन्द्रेणी टिम) र लोकप्रिय गायिका बबिना किराँती थुलुङ दुधकोशी आउँदै

शेयर गर्नुहोस्


सोलुखुम्बु– ख्यातिप्राप्त गायक प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड, इन्द्रेणी कार्यक्रमका लोकप्रिय सञ्चालक तथा लोकगायक कृष्ण कँडेल र विश्व किर्तिमानी तथा लोकप्रिय गायिका बबिना किराँती सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका मुक्लि आउने भएका छन् । गाउँपालिकाको आयोजनामा मंसिर ५ बाट सञ्चालन हुन लागेको सातौं अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत विशेष साँस्कृतिक साँझमा उहाँहरूको प्रस्तुति रहने छ ।

गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा शुक्रबार सम्पन्न कार्यपालिका बैठकले मंसिर ५, ६ र ७ गतेसम्म बृहत गाउँपालिका महोत्सव गर्ने निर्णय गरेको हो । उक्त महोत्सवको ६ गते साँझ (भोइस अफ नेपाल सिजन ५ का फाईनलिष्ट) कुमार प्रयास, स्थानिय कलाकारहरु कृष्ण राई, विनोद बाबु भण्डारी (हास्यकलाकार) सुविध्या राई, महेश बाबु सुन्दास् लगाएतको प्रस्तुती रहने छ ।

महोत्सवमा वडा स्तरिय महिला तथा पुरुष भलिबल प्रतियोगिता, टेबल टेनिस, व्याडमिन्टन लगायतका प्रतियोगिता साथै वृहत् कृषि मेला तथा प्रदर्शनी, साँस्कृतिक साँझ, स्थानिय समुदाय विशेष खानाको परिकार (इन्ष्टल) लगायतको कार्यक्रम महोत्सवमा समेटिने ६ नं. वडा अध्यक्ष एवं साँस्कृतिक कार्यक्रम संयोजक महेन्द्रदीप राईले जानकारी दिनुभयो ।

यस्तै, बैठकले कार्यक्रमको व्यापक तयारी एवं व्यवस्थापनका लागि गाउँपालिका उपाध्यक्ष सविता राईको संयोजकत्वमा तयारी समिति गठन गरेको छ। गाउँपालिकाले खेलकुद क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनका लागि खेलकुद, स्थानिय कला संस्कृति र कलाकारको सम्मानार्थ साँस्कृतिक साँझ, रैथाने कृषीजन्य उत्पादन र अगुवा कृषकको हौसला बढाउन कृषिमेला तथा प्रदर्शनीमा उचित पुरस्कार समेतको व्यवस्था गरिएकाले यस वर्षको गाउँपालिका महोत्सवलाई सांस्कृतिक, खेलकुद र आन्तरिक पर्यटन प्रवद्र्धनको दृष्टिले ऐतिहासिक बनाउने समेत तयारी गरेको संयोजक राईले बताउनुभयो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु