हुँगा खोलामा बाढी आयो, बेलीबृज र हाईड्रोको निर्माण सामाग्रीमा क्षेती

शेयर गर्नुहोस्


सोलुखुम्बु– हुँगा खोलामा बाढी आउँदा बेली बृज र निर्माणाधिन हाईड्रो पावरमा क्षेती पुर्याएको छ । आज सोमबार विहान विहान एक्कारी वर्षासँगै आएको बाढीले महाकुलुङ गाउँपालिकाको ३ र ४ हुँदै बहने हुँगा खोलामा निर्माणाधिन २२ मे. क्षेमताको ‘मिड हुँगा खोला ए’ को काम लागी राखिएको बेलि बृज र हाईड्रोसामाग्री बगाएको छ ।

एपेक्स मकालु हाईड्रोपावर कम्पनिले निर्माणका लागि खोलामा बनाउदै गरेको बेलि बृजको वारी पारी दुबै तर्फको बेस बगाएको जिल्ला प्रहरी कार्यायल सोलुखुम्बुका सुचना अधिकारी प्रहरी निरीक्षक विकास राईले जानकारी दिनुभयो । निरीक्षक राईका अनुसार खोला छेउमा राखीएको निर्माण सामाग्री रेडिउसर पाइप थान–२, एम एस पाईप थान–५, सुरुङ भित्र ड्रील गर्ने बुमर मेसिन थान–१ र सुरुङ भित्र ओछ्याउने करिब ५०० मिटर अर्थिङ प्लेट बगाएको छ ।

बाढीबाट अन्य मानविय क्षती भने नभएको बताईएको र क्षेतीको विस्तृत विवरण आउन बाकी रहेका छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु