ओखलढुङ्गामा बाल यौन दुरुपयोग मुद्दाका फरार अभियुक्त पक्राउ

शेयर गर्नुहोस्

ओखलढुङ्गा– बाल यौन दुरुपयोग मुद्दाका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको मानेभन्ज्याङ गाउँपालिका ९ का वर्ष २६ का विजय राई रहेका छन् ।

बाल यौन दुरुपयोग गरेको अभियोगमा जिल्ला अदालत ओखलढुङ्गाले २०८० माघ १४ गते बाल यौन दुरुपयोग गरेको मुद्दामा दुई महिना १५ दिनको कैद हुने फैसला गरेको थियो । सो फैसला पछि फरार भएका राईलाई प्रहरीले झन्डै दुई वर्ष पछि पक्राउ गरेको हो ।

उनलाई गत भदौ १२ गते बिहीबार भक्तपुर जिल्लाको ठिमी नगरपालिका ४ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।

भक्तपुरमा पक्राउ गरिएका राईलाई ओखलढुङ्गा जिल्लामा ल्याएर कैद भुक्तानका लागि जिल्ला कारागार चलान गरिएको पनि प्रहरीले जनाएको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु