सोलुखुम्बुः सोलुदुधकुण्ड नगरपालिका ५ शिद्दार्थ टोलका २२ बर्षिय पासाङ राई खुकुरी प्रहारबाट घाईते हुनुभएको छ ।
गत श्रावन १२ गते सोमबार अपरान्ह ४ः४५ बजे को समयमा निज राईकै सौताने बाबु वर्ष ३७ का फुर्बा शेर्पाको खुकुरी प्रहारबाट राई घाइते हुनुभएको हो । खुकुरी प्रहारबाट राईको बाँया पाखुरामा चोट लाग्दा १६ टाका लगाईएको छ ।

मादक पदार्थ सेवन गरि छोराको घरमा पुगेका शेर्पाले घरायसी कुरामा विवादहुँदा राईलाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ।
दुईजना बीच लेनदेनको बिषयमा विवादहुँदा राईमाथी खुकुरी प्रहार गरिएको स्थानीयले बताएका छन्। प्रहरीका अनुसार घटनामा संलग्न शेर्पालाई तत्काल नियन्त्रणमा लिइएको थियो ।
अहिले शेर्पालार्य ज्यान मार्ने उधोग अन्तर्गत मुद्दा दायर गरि अनुसन्धान गरी रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । घाइते राईको अवस्था अहिले सामान्य रहेको बताईएको छ ।









