मोटरसाइकल दर्घटनामा ज्यान गुमाएका तामाङको परिवारलाई आर्थिक सहयोग प्रदान

शेयर गर्नुहोस्

सोलुखुम्बु– जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ८ अम्रास निवासी मिङ्मार तामाङको परिवारलाई आर्थिक सहयोग रकम प्रदान गरिएको छ ।

गत असार २४ गते मंगलबारको दिन थुलुङ दुधकोशी १ स्थीत नेले बजारबाट घर फर्किने क्रममा सोही वडा हुँदै बग्ने शिकुखोलामा मोटरसाइकल दुर्घटनामापरि ज्यान गुमाएका मिङ्मार तामाङका परिवारलाई आर्थिक सहयोग संकलन गरि आज प्रदान गरिएको हो ।

तामाङका श्रीमती सहित ३ छोरीहरु रहेका र उनीहरुको पढाईलाई विशेष मध्यनजर गर्दै स्थानिय समाजसेवी मेखराज तामाङको विशेष पहलमा १ लाख ९६ हजार ८५ रुपैया संकलन गरि प्रदान गरिएको अभियान्ता मेखराज तामाङले जानकारी दिनुभयो ।

तामाङका अनुसार बालबच्चाहरुको भविष्य उज्वल बनाउन साथै अध्ययनलाई निरन्तर अगाडी बढाउनका निमित्त आर्थिक सहयोग संकलन गरिएको हो ।

स्थानिय छरछिमेकी, आफन्त र देश विदेशमा रहेका सहयोगी व्यक्तीहरुसंग सहयोग मागी सो रकम संकलन गरिएको बताईएको छ । साथै, वैदेशिक रोजगारीमा विभिन्न देशमा रहेकाबाट समेत सहयोग संकलन भईरहेको तामाङले बताउनुभयो ।

सहयोगीहरुको नामवली ः


शेयर गर्नुहोस्

अन्य खबरहरु