सोलुखुम्बु – ओङ्छु शेर्पा ट्रष्टले सोलुखुम्बुको थुलुङ दुधकोशि गाउँपालिका २ र ३ का ४ वटा विध्यालयहरुका विध्यार्थिहरुलाई २५० थान स्कुल झोला वितरण गरेको छ ।
वडा नम्बर २ काँगेलका जीवन ज्योति मा वि , काँगेल आधारभूत विद्यालय बहुन्डि , बागेश्वरि आधारभूत विद्यालय वात्तिम र वडा नम्बर ३ पञ्चन स्थित शुशिला आधारभूत विद्यालय भोर्लेनिका विध्यार्थिहरुलाई झोला वितरण गरिएको हो ।
झोला वितरण कार्यक्रममा वोल्दै प्रमुख अतिथि नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य तथा पर्यटन विभाग प्रमुख आङगेलु शेर्पाले शिक्षा ,स्वास्थ्य र रोजगारिका लागि नेपाली काङ्ग्रेस नयाँ दृष्टिकोण सहित प्रस्तुत हुने वताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख कृष्ण निरौला, नेपाली काङ्ग्रेस क्षेत्रिय सभापति तथा टानका वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पा ,ओङ्छु शेर्पा ट्रष्टका कार्यकारि निर्देशक सनम शेर्पा , नेपाली काङ्ग्रेसका महासमिति सदस्य नवीन थापा, अशोक झा , नेवि सङ्घ केन्द्रीय सदस्य वावुराम आचार्य, प्रदेश सम्मेलन सदस्य कैलास के सि लगायतको उपस्थिति रहेको थियो झोला प्राप्त गरेपछि विध्यार्थी , अभिभावक तथा विध्यालय प्रशासनले ओङ्छु शेर्पा ट्रष्टलाई धन्यवाद दिएका छन ।

यसैविच जीवन ज्योति उच्च मा वि काँगेलमा स्थापित वमवेदु अक्षयकोष वाट कक्षा ६ देखि ९ सम्म उत्कृष्ट नजिजा ल्याउन सफल १ छात्रा र १छात्र लाई जनहि ३,५०० का दरले छात्रवृत्ति वितरण गरिएको छ ।









