राष्ट्रपति पौडेल चैत्र ११ गते सोलु आउने

शेयर गर्नुहोस्

सोलुखुम्बु । राष्ट्रपति रामचन्द्र पौडेल चैत्र ११ गते सोलुखुम्बु आउने हुनुभएको छ । जिल्लाको नेचासल्यान गाउँपालिकाको प्रशासकीय भवन उद्घाटनमा आउने हुनुभएको छ ।

गाउँपालिकाले राष्ट्रपति पौडेलको वाहुलीबाट भवन समुद्धघाटनको कार्यक्रम तय गरेको पालिका अध्यक्ष धनजन राईले जानकारी दिनुभयो ।
आज पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता बलबहादुर केसी, पालिका अध्यक्ष धनजन राई, कांग्रेस नेता प्रकाशसिंह कार्की लगायतको टोलीले राष्ट्रपति पौडेललाई भेट गरि समय तालिका तयार पारको हो ।

आरोन ॐ बालाजी पि आर जे भिले निर्माण गरेको भवनको गत फागुन ७ गते उद्घाटनको तयारी गरिएपनि विविध कारणले स्थगीत भएको थियो ।

नेचासल्यान गाउँपालिकाको ४० प्रतिशत र सङ्घ सरकारको ६० प्रतिशत गरी कुल ३ करोड ७२ लाख बजेटमा निर्माण गरिएको ५ तले सुविधा सम्पन्न प्रशासनिक भवनबाट सेवा प्रवाहको थालनी भने गरिसकिएको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु