११५औं अन्तर्राष्टिय महिला दिवसको अबसरमा थुलुङमा अन्तरआमा समुह कविता बाचन प्रतियोगितामा

शेयर गर्नुहोस्

११५औं अन्तर्राष्टिय महिला दिवसको अबसरमा थुलुङ दुधकोशी गाउँपालिकाद्धारा आयोजित अन्तरआमा समुह कविता बाचन प्रतियोगितामा ओगानेम आमा समुह मुक्लीकी पुष्पावती राई प्रथम हुनुभएको छ ।

शनिबार सम्पन्न प्रतियोगितामा थुलुङ दुधकोशी ढाका उद्योग देउसाकी तेरीना नाछिरिङ राई द्धितीय हुनुभएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार नव बिहानी महिला सञ्जाल जुबुकी खेम कुमारी बन तृतीय र सयपत्री आमा समुह नेलेकी हिता बस्नेत सान्तवना हुनुभएको छ ।

सबै महिना तथा बालीकाको लागि अधिकार समानता र शसक्तीकरण भन्ने राष्ट्रिय नारा शिर्षकमा आयोजित खुल्ला कविता बाचन प्रतियोगितामा भने वडा नम्बर ६ मुक्लीकी कैलाश कुमारी राई प्रथम हुनुभएको छ । महिला तथा बालबालीका शाखा प्रमुख रामकला राईका अनुसार वडा नम्बर ४ की अस्मिता राई द्धितीय, वडा नम्बर ६ मुक्लीकी प्रतिष्ठा राई तृतीय र वडा नम्बर ४ की शोभा नेपाली सान्तवना हुनुभएको छ ।

प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्तवना हुने दुबै तर्फका प्रतियोगिले कर कट्टी सहित नगद १० हजार, ८ हजार, ६ हजार र ५ हजार नगदको साथमा प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै सोही अबसरमा म्यूजिकल चियर प्रतियोगिता पनि गरिएको थियो । उक्त प्रतियोगितामा वडा नम्बर ६ की लक्ष्मि बि।क। प्रथम, वडा नम्बर १ की दुर्गा कार्की द्धितीय र जुबुकी अनिता राई तृतीय हुनुभएको छ । गाउँपालिका उपाध्यक्ष सविता राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष इन्द्रमणी दाहाल, वडा नम्बर ७ का वडा अध्यक्ष तथा पालिका प्रवक्ता भोजराज कार्की, सामाजिक विकास समिति संयोजक बुद्धिराज राई कार्यपालिका सदस्य सरिता राई र तमुना राई लगायतको उपस्थिति रहेको थियो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु