काँग्रेस सोलुको बैठक सकियो, विभिन्न ५ वटा निर्णय

शेयर गर्नुहोस्

सोलुखुम्बु– नेपाली काँग्रेस सोलुखुम्बुको आज सल्लेरी स्थीत पार्टी कार्यालयमा बसेको बैठकले विभिन्न ५ वटा निर्णय गरको छ । जिल्ला पार्टी उपसभापति घनराज सुनुवारको सभापतित्वमा बसेको बैठकले कन्द्रिबाट सदस्यता नविकरण परिपत्र सम्बन्धमा, भातृ तथा सुभेच्छुक संस्थाको सदस्यता नविकरण तथा अधिवेशन, संगठन सुदृढिकरण र नयाँ कृयाशिल सदस्यता विषयमा छलफल तथा निर्णय गरेको छ ।

केन्द्रबाट दिएको समय सिमा भित्रै क्रियाशिल सदस्यता नविकरण मा १५ देखि फागुन १ भित्र गरिसक्ने र उक्त कार्यका लागि पालिका सभापतिले सहजिकरण गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले नयाँ सदस्यता वितरण र नविकरणमा अनिवार्य रुपमा पालिका सभापति र वडा सभापति मार्फत मात्रै गराउन केन्द्रमा परिपत्र गर्ने निर्णय गरेको सचिव युवराज घिमिरेले बताउनुभयो ।

पार्टीको सुभेच्छुक संस्थाहरुको जिल्लाको ५२ वटै वडाहरुमा अधिवेशन गराउने, सदस्यता नविकरणमा सबै तहका पार्टीका नेतृत्वहरुलाई परिचालन गर्ने साथै संगठन विस्तार गर्ने निर्णय गरेको छ । बैठकमा जिल्ला स्तरका नेता, निर्वाचित जनप्रतिनिधि र भातृ संस्थाका प्रतिनिधिहरुले बैठकमा जिल्ला नेतृत्वको आलोचना गर्दै पार्टी संगठनलाई सकृयबनाउन जोड गरेका थिए । बैठकमा पुर्व जिल्ला सभापति विनोदकुमार बस्नेत, जिल्ला सचिव द्वय युवराज घिमिरे र भलाकाजि राई, कोशी प्रदेश सदस्य जय प्रसाद राई, प्रदेश सभा क का सभापति तथा नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन राई, सोताङ गाउँपालिका अध्यक्ष खिलराज बस्नेत, काँग्रेस नेता प्रकाशसिंह कार्की, महाधिबेशन प्रतिनिधिहरु, जिल्ला कार्यसमितिका सदस्यहरु, पालिका सभापति, वडा सभापतिहरु, लगायत क्षेतिय प्रतिनीधि, भातृसंघसंठन, शिक्षक संघ, महिला संघ, विद्यार्थी, दलित संघका प्रमुख तथा प्रतिनीधिहरु गरि ८९ जनाको सहभागिता रहेको थियो ।

बैठक जिल्ला सभापति नाम्गेलजाङ्बु शेर्पा जापानमा रहेकाले उपसभापतिको सभापतित्वमा बसिएको सचिव घिमिरे जानकारी दिनुभयो । केन्द्रिय सदस्यदोय बलबहादुर केसी अष्ट्रेलिया र केन्द्रिय सदस्य आङगेलु शेर्पा पार्टीको सय दिने अभियानमा जिल्ला बाहिर रकेका छन् ।


शेयर गर्नुहोस्

अन्य खबरहरु