माओवादी केन्द्र माप्य दुधकोशी–४ को अध्यक्षमा पुनः बिशन राई निर्वाचित

शेयर गर्नुहोस्

सोलुखुम्बुः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) माप्य दुधकोशी गाउँपालिका(४ काकुको वडा सम्मेलनबाट पुनः बिशन राईको अध्यक्षतामा २९ सदस्य नयाँ वडा समिति निर्वाचित गरेको छ । प्रदेश सचिवालय सदस्य एवम् जिल्ला सह(इन्चार्ज, थुलुङ दुधकोशी गाउँपालिका प्रमुख असिम राईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त सम्मेलनबाट बिशन दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएको माओवादी केन्द्र सोलुखुम्बुले जनाएको छ ।

माओवादी केन्द्र सोलुखुम्बुका प्रचारप्रशार विभाग प्रमुख भोजराज कार्कीका अनुसार उपाध्यक्षमा मदन राई र पुर्ण राई निर्वाचित भएका छन् भने मेरोना राई सचिव र कोषाध्यक्षमा कुन्जु माया राई निर्वाचित भएका छन् । सोही सम्मेलबाट जोरबीर राईको संयोजकत्वमा १५ सदस्य अखिल नेपाल किसान महासंघ ९क्रान्तिकारी केन्द्र० वडा नम्बर ४, उमेश राईको संयोजकत्वमा २९ सदस्य वाइसीएल नेपाल समेत गठन गरिएको छ ।

माओवादी केन्द्रले सोलुखुम्बुको विभिन्न पालिकाको वडा सम्मेलनलाई तिब्रता दिएको छ। नयाँ नेतृत्व समेत चयन गर्ने वडा सम्मेलन पश्चात पालिका सम्मेलन गर्ने माओवादीको कार्यतालिका छ । आठ वटै स्थानीय तहमा पार्टीको बैठक सम्पन्न गरि कार्ययोजना सहित वडा सम्मेलनमा जुटेको माओवादीले मंसिर ३० गते थुलुङ दुधकोशी गाउँपालिकाको सबै वडाको सम्मेलन सम्पन्न गरिसकेको छ ।
यस्तै थुलुङ दुधकोशी, नेचासल्यान र सोलुदुधकुण्ड नगरपालिकाको काठमान्डौ सम्पर्क मञ्चको समेत सम्मेलन सम्पन्न गरिसकेको माओवादी केन्द्र सोलुखुम्बुले जनाएको छ ।

थुलुङ दुधकोशी सम्पर्क मञ्चको अध्यक्षमा शिवकुमार राई, नेचासल्यान सम्पर्क मञ्चको अध्यक्षमा रबिन भट्टराई र सोलुदुधकुण्ड नगरपालिका सम्पर्क मञ्चको अध्यक्षमा पेम्बा ग्याल्जेन शेर्पा निर्वाचित हुनुभएको माओवादी केन्द्र सोलुखुम्बुका प्रचारप्रसार विभाग प्रमुख कार्कीले जानकारी दिनुभयो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु