सोलुखुम्बु– राष्ट्रिय परिचय पत्रको फाराम अव जिल्ला प्रशासन कार्यालय बाटै सेवाग्राहीहरुले भर्न पाउने भएका छन् ।
कार्यालय परिसर बाहिर शुल्क तिरेर अनलाईन फाराम भर्ने गरेको र अव भने निशूल्क प्रशासन कार्यालयबाटै भर्ने व्यवस्था गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रुपेश विश्वकर्माद्धारा हस्ताक्षर गरिएको सूचनामा उल्लेख छ ।
यो सेवा मंसिर ५ गते बुधबारदेखि सूरु गरिएको छ ।
Notice.