प्रदेश सांसद तामाङको जिसस प्रमुख निर्राैलाद्धारा ध्यानाकर्सण

शेयर गर्नुहोस्

सोलुखुम्बु– सोलुखुम्बु प्रदेश सभा ख बाट निर्वाचित सांसद डोल्मा तामाङ बस्नेतलाई जिल्ला समन्वय समिति प्रमुख कृष्ण प्रसाद निरौलाले आफ्नो कार्यालयको संछिप्त जानकारी दिदै ध्यानाकर्सन गराउनुभएको हो ।

प्रमुख निरौलाले आफूहरु निर्वाचित भएसँगै जिल्लाका नागरिकको समस्यामा सधैँ साथ सहयोग गरिरहेको बताउनुभयो । यस्तै, उहाँले जंगली जनावरबाट स्थानियहरु निकै आजित बनेको र यसको क्षतिपूर्ती राज्यले दिने प्रकृयामा निकै समय लाग्ने र झनझटिलो रहेकाले यसबारे समन्वयको लागि आग्रह पनि गर्नुभयो ।

साथै सोही क्रममा प्रमुख निरौलाले जिल्ला अस्पताल फाप्लुको व्यवस्थापन समिती सदस्य पनि २ जना रित्त रहेको र यसलाई पनि प्रदेश सभाले चाँडो पदपुर्ति गरिदिनुहुन अनुरोध गर्नुभएको थियो ।

सांसद तामाङले आफुसँधै जिल्लाबासी हकहितका लागि काम गरिरहेको बताउदै उठेका समस्याको हलका लागि लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै सां. तामाङले जिल्ला अन्ययस्तै थुप्रै समस्याहरु पनि रहेको र यसको निराकरणमा लागिपर्ने बताउनुभयो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु