३० औं कोन्छोम्बो स्मृति कपको उपाधी खुम्जुङ युवा क्लवलाई

शेयर गर्नुहोस्


सोलुखुम्बु– जिल्लाको खुम्बुपासाङ गाउँपाकिा ४ खुम्जुङ्मा आयोजित भलिबलको उपाधी खुम्जुङ युवा क्लवले हातपारेको छ ।

३० औं कोन्छोम्बो शेर्पा स्मृतिको अवसरमा आयोजित जिल्ला स्तरिय खुल्ला पूरुष भलिबलको उपाधी आयोजकले माप्यदुधकोशीलाई पछि पार्दै उपाधी हातपारेको हो । आज सम्पन्न खेल माप्यदुधकोशी गाउँपालिका ओयाजक टिमसंग पाराजित हुँदै दोस्रो स्थानमा चित्त बुझाउनु परेको हो ।

यस्तै, प्रतियोगितमा आमा डब्लम युवा क्लव पाङ्बोचे तृतिय भएको भलिबल रेफ्री योगेश श्रेष्ठले जानकारी दिनुभयो । खेलमा प्रथम हुने टिमले शिल्ड, मेडल र प्रमाण पत्रको साथमा नगद १ लाख १०,हजार प्राप्त गरेका छन् ।

यस्तै, द्धितिय र तृतिय हुने टिमलाई शिल्ड, मेडल र प्रमाण पत्रको साथमा क्रमश नगद ६०,००० र ३०,००० प्रदान गरिएको छ ।

गत साउन ९ गतेबाट संचालन भएको खेलमा जिल्ला भित्रका विभिन्न ६ समूहको सहभागिता रहेको थियो । त्यस्तै, प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै पवन बस्नेत उत्कृष्ट खेलाडी हुन सफल भएका छन् । अनुशासित टीम खुम्जुङ माद्यमिक विद्यालयको टिम भएको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु