सोलुदुधकुण्ड नगरपालिका ४ फाप्लु हुँदै बेनि जोड्ने पक्कि ढलान सडकको उद्घाटन गरिएको छ । सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पा र उपमेयर गान्धिमाया तामाङले उद्घाटन गरेका हुन् ।

८ करोड ५४ लाख ११ हजार १८७ रुपैया लागतमा यो पक्कि सडक निर्माण भएको हो । निर्माण सुरु भएको ८ महिनामै यो सडक सम्पन्न भएर निर्माण कम्पनिले पनि अर्को रेकर्ड राखेको छ । गुणस्तरिय सडक निर्माणमा नगरपालिकाले कन्जुस्याई नगरेको मेयर नाम्गेल जाङबु शेर्पा बताउँछन् ।

उपमेयर गान्धिमाया तामाङले जनताको माग प्रतिबद्धता अनुसार काम गर्दै गर्दा सफलता मिलेको बताउँछिन् । फाप्लुका वडाध्यक्ष तामाङ नगरको नेतृत्वले लिएको कमाण्डमा विकास हुँदै गएको दाबी गर्छन् ।

सडक उद्घाटनमा पुगेका अन्य ठाउँका वडाध्यक्षले पनि खुसी ब्यक्त गरेका छन् ।अझै ४ महिना म्याद बाँकी रहेपनि देवीथान सम्सेर जेभिले गुणस्तरिय काम गरि समयअघि नै सम्पन्न गरि आफ्नो बफादारीता प्रस्तुत गरेको छ । कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिका २, ३,६ र ७ का वडाध्यक्षको समेत उपस्थिती रहेको थियो ।