सोलुखुम्बु– थुलुङ दुधकोशी गाँउपालिका वडा नम्बर ६ मुक्लीद्धार आयोजित आधारभूत तह वडास्तरिय हाजिरीजवाफ सम्पन्न भएको छ । वडा नम्बर ६ मुक्लीले आफ्नो वडाभित्रका विद्यालय मध्य जम्मा ६ ओटा विद्यालयको सहभागितामा कक्षा १–५ र ६–८ सम्मको दुई स्तरको हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरेको छ ।

प्रतियोगितमा सहभागि ५ विद्यालयलाई पछि पार्दै त्रिभुवन विद्योदय आधारभूत विद्यालय प्रथम हुन सफलभएको छ । शैक्षिक शत्रको शुरुवातमा नै विद्यालयको शैक्षिक गुणस्तर र विद्यार्थीहरूको सिकाई मापनको लागि वडाको आव २०८१–८२ को वालबालिका लक्षित बिनियोजित रकमबाट यो कार्यक्रम आयोजना गरिएको वडा अध्यक्ष एवम वडा शिक्षा समितिको संयोजक महेन्द्रदीप राईले जानकारी दिनुभएको छ । साथै यहि प्रकृतिको कार्यक्रम आजको तथ्याङ्क शुरक्षित राखेर फेरि शैक्षिक शत्रको अन्त्यमा पुनःमुल्याङ्कनको लागि सन्चालन गर्ने अध्यक्ष राईले जानकारी दिनुभएको छ ।

कार्यक्रममा कक्षा १–५ स्तरमा सात टिम सहभागिता रहेकोमा प्रथम , द्वितीय र तृतीय स्थान क्रमश, त्रिभुवन विद्योदय आबि , पन्चकन्या आवि र बिरेन्द्रोदय माबिले प्राप्त गरेको छ । त्यसैगरि आधारभुत तहा कक्षा ६–८ स्तरमा ६ टिम सहभागिता रहेकोमा प्रथम त्रिभुवन विद्योदय आबि समुह क , द्वितीय बिरेन्द्रोदय माबि र तृतीय त्रिभुवन विद्योदय आबि समुह ख ले प्राप्त गरेको वडा सचिव युबराज राईले जानकारी दिनुभएको छ ।
प्रथम , द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यालयले नगद रु ५,०००, ४,००० ,३,००० को साथमा प्रमाणपत्र र शैक्षिक सामग्रीहरु प्रदान गरिएको साथै सहभागि हुने सम्पुर्ण विद्यालयलाई रु १,००० को साथमा प्रमाणपत्र प्रदान गरिएको छ ।

कार्यक्रममा आवि कक्षा १–५ ले ७१% र कक्षा ६–८ ले ६६% प्रश्नको सहि जवाफ सहभागीहरुले दिएको छन । कार्यक्रमको बिश्वासनियता र स्तरियताको लागि प्रश्नपत्र निर्माण र निर्णायक प्रमुखको भुमिकामा श्री कालिका देवी माबि पन्चनको प्रधानाध्यापक श्री प्रकाश थुलुङ राई रहनुभएको सचिव राईले जानकारी दिनु भएको छ ।