सोलुखुम्बु– यातायात व्यवसायीको यातायात बन्दले सोलुखम्बुमा पनि प्रभाव पारेको छ । आन्दोलनरत यातायात व्यवसायी र सरकारबीच सहमत नहुँदा आज सोमबार सोलुखुम्बुबाट संचालनमा रहेका सबै यातायात कम्पनीले यातायात सञ्चालन ठप्पपारेको छन् ।
जिल्लाबाट तराई क्षेत्र, काठमाण्डौं र खुम्बु क्षेत्र जाने सवारीहरु कुनैपनि नछुटेको ज्वालामाई यातायात प्रा.लि. सल्लेरीका काउन्टर इन्चार्ज सुदर्शन थापाले बताउनुभयो । गण्डगी प्रदेश सरकारले राइड शेयरिङको नाममा विभिन्न निजी सवारी साधनलाई संचालन मान्यता दिएको भन्दै यातायात व्यवसायीहरु आन्दोलित भएको हुन् ।
सोही विषयलाई लिएर सरकार र यातायात व्यवसायीवीच पटक पटक वार्ता भएको भएपनि निचोड नआएको भन्दै देशभर यातायात सञ्चालन बन्द भएको हो । सवारी सञ्चालन ठप्प भएपछि आन्दोलनरत यातायात व्यवसायी र सरकारबीच छलफल भइरहेको छ ।
गृहमन्त्री रमेश लेखक र व्यवसायीका प्रतिनिधिबीच छलफल भइरहेको छ । गण्डकी प्रदेश सरकारले ‘राइड शेयरिङ’ अर्थात् निजी गाडीलाई पनि यात्रु बोक्न वैधानिकता दिएको विरोधमा यातायात व्यवसायीले सार्वजनिक गाडी नचलाएपछि समस्या समाधानका लागि छलफल भएको हो ।
यसैबीच नेपाल प्रहरीले सार्वजनिक गाडी नचल्दा सर्वसाधारणलाई आवतजावत गर्न सहज होस् भन्ने उद्देश्यले आज काठमाण्डौको दुई वटा रुटमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।
त्यस्तै सार्वजनिक बस नचलेको मौका छोपेर राइड शेयरिङ सञ्चालकहरूले मनपरी भाडा असुलेका छन् । प्रहरीले मनभरी भाडा लिनेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
PressNote










