ओखलढुङ्गा– ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाले प्रथम मेयरकप खुला पुरुष फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । वैशाख ३० गतेदेखि जेठ ३ गतेसम्म सगरमाथा जनता मा.वि. ओखलढुङ्गाको खेलमैदानमा आयोजना गर्ने नगरपालिकाले आज सूचना जारी गरेको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले रु २ लाख २२ हजार २ सय २२ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, द्वितीय पुरस्कार रु १ लाख ११ हजार १ सय ११ नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । सेमिफाइनलमा पुग्ने दुई टिमलाई रु ४४ हजार ४ सय ४४ का दरले नगद सहित मेडल र प्रमाणपत्र दिइनेछ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलकिपर, मिडफिल्डर, डिफेन्डर र सर्वाधिक गोलकर्तालाई जनही रु ५ हजार नगद सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।
खेलमा सहभागी हुन चाहने टिमले २०८२ साल वैशाख २८ गते दिउँसो ४ बजेसम्म टिम दर्ता शुल्क रु ५ हजार सहित सिद्धिचरण नगरपालिकाको कार्यालयमा नाम दर्ता गराउन सक्नेछन् । खेल तालिका भने वैशाख २९ गते प्रकाशित गरिने सूचनामा उल्लेख छ ।
नगरको विकासका लागि खेलकुद पनि अति आवश्यक रहेकाले प्रतियोगिता गर्नलागेको मेयर तेजन खनालले बताउनुभयो । यहाँले खेलकुदमा भविष्य खोजि रहेकाहरुलाई आफ्नो खेलप्रतिभा देखाउने अवसर मिल्ने पनि बताउनुभयो ।
साथै मेयर खनालले खेलप्रमिहरुलाई खेलमा सहभागतिा जनाउनुहुन पनि अनुरोध गर्नुभयो ।









