सोलुखुम्बु– नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र सोलुदुधकुण्ड नगरपालिका वडा ११ तिङ्लाको अध्यक्षमा नेत्र कार्की चयन भएका छन् । आज सम्पन्न पार्टीको दोस्रो वडा सम्मेलनबाट कार्कीको नेतृत्वमा १३ सदस्यीय वडा कमिटि सर्वसम्मत चयन गरिएको हो ।

नव निर्वाचित वडा कमिटिको.उपाध्यक्षमा .चित्रबहादुर भुजेल, धनबहादुर कार्की, दलबहादुर बस्नेत, सचिव मणिप्रसाद राई, कोषाध्यक्ष सनिता राई र सह–सचिव सर्मिला राईलाई सर्वसम्मत चयन गरिएको नगरकमिटि अध्यक्ष सम्भु राईले बताउनुभयो ।

यस्तै, सदस्यहरुमा रामबहादुर खत्री, नोखबहादुर खड्का, जनबहादुर बिक, भक्तबहादुर राई, मणिकुमारी राई,भक्तबहादुर राई, र जनबहादुर बिक रहेका छन् ।

कार्यक्रममा जिल्ला संयोजक नाम्गेल शेर्पा, नगरकमिटि सम्भु राई लगाएत पार्टी नेता तथा कार्यकर्ताहरुको उपस्थितिहरुको उपस्थिति रहेको थियो । यस्तै, सोही अवसरमा नेतृत्वमा वाईसियल नेपाल वडा कमिति समेत गठन गरिएको छ ।
