माप्यमा २ दिने स्वास्थ्य शिविर सम्पन्न, पन्ध्रसय बढीले सेवा लिए

शेयर गर्नुहोस्

सोलुखुम्बु– माप्यदुधको गाउँपालिकामा २ दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । रिहेल्प फाउण्डेसनको सहयोग तथा शान्ति सेवा गृहको समन्वयमा माप्यदुधकोशी २ वासामा संचालन गरिएको स्वास्थ्य शिविरमा १ हजार ५ सय ५८ जनाले सेवा लिएका छन् ।

वासा खालि माद्यमिक विद्यालयमा चैत्र १५ र १६ गते संचालन गरिएको शिविरमा जर्मन र नेपाली विशेषज्ञ डाक्टरहरुद्धारा विशेष थेरापी,डेन्टल,आँखा, गाइनो, बाल रोग लगायत रोगहरुको निशुल्क परिक्षण गरिएको रिहेल्प नेपालका कार्यक्रममा संयोजक पन्चे राईले बताउनुभयो ।

राईका अनुसार शिविरमा थेरापी–१५१ जना, डेन्टल–४७१, आँखा–२४१, गाइनो–६९, बाल रोग–२३५ र बयस्क ३९१ जना गरि १ हजार ५ सय ५८ जनाले परिक्षण गराएका थिए । स्थानिय नागरिकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै विगत ५ वर्षदेखि निरन्तर निशुल्क शिविर चलाउँदै आएको छ ।

यस संस्थाले स्वास्थ्य क्षेत्रमा नभई शिक्षा क्षेत्रमा पनि काम गर्दै आएको संयोजक राई बताउनुभयो । उहाँका अनुसार विद्यार्थीहरु छात्रा÷छात्र को लागि २ वटा भवन, शिक्षक आवास निर्माण गर्नुका साथै, विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्दै आएको छ ।

नि शुल्क सेवा लिन पाउँदा स्थानियहरु हर्सित बनेका छन् ।


शेयर गर्नुहोस्

अन्य खबरहरु