सोलुखुम्बु– प्रदेशको नाम ‘कोसी’ खारेजीको मागलाई सशक्त बनाउन लागि सोलुखुम्बुमा राम संघर्ष किराँतीको संयोजकत्वमा १७ सदस्यीय प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति गठन गरिएको छ ।

‘कोसी’ नाम खारेज गरी पहिचानका आधारमा प्रदेश नामाकरण गराउन दबाबमूलक आन्दोलनलाई सशक्त बनाउनका लागि किराँतीको अध्यक्षतामा पुनः नामाङ्कन संयुक्त संघर्ष समिति गठन गरिएको हो ।

शनिबार सल्लेरीमा नेपाल आदिवासी जनजाति महासंघ, नेपाल शेर्पा संघ, तामाङ घेदुङ संघ, किरात खालिङ राई उत्थान संघ, जिमी राई उत्थान समाज, थुलुङ राई सामा, किरात रदु नाछिरिङ साखाम केन्द्र लगाएत १३ वटा भाषिक तथा जातिय संस्थाहरुको सम्मिलित बैठकले पुनः नामाङ्कन संयुक्त संघर्ष समिति गठन गरिएको हो ।

१ नम्बर प्रदेशको पुनः नामारकण संघर्ष समितिको सचिवालय सदस्य लाक्पा शेर्पाको प्रमुख उपस्थितिमा गठित समितिका सहसंयोजकमा मिङ्मार शेर्पा, सचिवमा गणेष नाछिरिङ, र कोषाध्यक्षमा शारदामाया तामाङलाई सर्वसम्मत चयन गरिएको संयोजक किराँतीले जानकारी दिनुभयो ।

विभिन्न जातिय तथा पहिचान पक्षधरहरुको उपस्थितिमा भएको कार्यक्रममा अन्तरकृया तथा मुद्धाहरुकोबारेमा छलफल समेत गरिएको थियो ।









