रोटरी क्लबको सहयोगमा निशुल्क सामग्री वितरण

शेयर गर्नुहोस्


सोलुखुम्बु– सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–२, काँगेलस्थित सिर्जनशील युवा समाजले रोटरी क्लव अफ काठमाडौँ सर्कलसँगको साझेदारी र रोटरी क्लब अफ रिचमण्ड अस्ट्रेलिया र द रोटरी फाउण्डेसन डिष्ट्रीक ग्रान्ट ९८०० को आर्थिक सहयोगमा १ सय घरधुरीलाई किचन सामग्री नि–शुल्क वितरण गरेको छ ।

क्लवले एक विशेष समारोहकाबीच विद्युतीय इन्डक्सन चुल्हो, प्रेसर कुकर, कराई तथा फ्राइपेन १÷१ सहितको किचन सामग्री वितरण गरेको हो । समाजको प्रत्यक्ष प्रभावित क्षेत्रमा रहेका परिवारहरूको दैनिक जीवन सहज बनाउने उद्देश्यले करिब १५ लाख रुपैयाँ बराबरको किचन उक्त सामग्रीहरू निशुल्क हस्तान्तरण गरिएको समाजका अध्यक्ष चित्र कुमार राईले बताउनु भयो ।

कार्यक्रममा सहयोग र समन्वय गर्न महत्वपूर्ण भूमिका निभाएको भन्दै समाजले काठमाडौं सम्पर्क समितिका सल्लाहकार तथा समाजसेवी नेत्र बहादुर बस्नेत, इसाबेल आर्मर तथा रोटरी अफ रिचमन्डप्रति विशेष आभार व्यक्त गर्दै कदर पत्र प्रदान गरेको छ ।

यस्तै, समाजका सचिव प्रकाश थुलुङ राईले यसरी वितरण गरिएको सामग्रीले स्थानीयवासीको ऊर्जा उपयोग, सरसफाइ र सुरक्षित खाना पकाउने अभ्यासलाई अघि बढाउन मद्दत गर्ने बताउनुभयो ।

यस संस्थाले निरन्तर रूपमा समुदायमा विभिन्न कार्यक्रम सन्चालन गर्ने गरेको, श्रमदानमार्फत सडक निर्माण कार्य गरेको र काठमाडौं सम्पर्क समितिले समेत निरन्तर रूपमा सामाजिक कार्य गर्दै आइरहेको काठमाडौं सम्पर्क समितिका अध्यक्ष योग्य प्रसाद राईले बताउनुभयो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु