नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ सोलुको अधिवेशन तयारी तीव्र, गुणस्तरीय प्रतिनिधित्वमा जोड

शेयर गर्नुहोस्

सोलुखुम्बु— नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ, सोलुखुम्बुको जिल्ला अधिवेशन आयोजनाको तयारी तीव्र बनाइएको छ।

अधिवेशनको सन्दर्भमा आयोजित बैठकमा संगठनका केन्द्रिय अध्यक्ष पासाङ शेर्पाले उपस्थित संख्यामा नभई गुणस्तरीय र काम गर्न सक्ने प्रतिनिधित्व आवश्यक रहेको औल्याउनु भयो ।

ूसङ्गठन निर्माणमा बाक्लो उपस्थिति मात्रले सफलता प्राप्त हुँदैन,ू अध्यक्ष शेर्पाले स्पष्ट पारे। उनले पार्टी जीवनमा जनसंगठनको महत्वपूर्ण भूमिका हुने भएकाले त्यसलाई सशक्त बनाउन सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिए।

नेकपा एमालेले जनसंगठन समन्वय संयन्त्र बनाएर यसको प्रभावकारितामा ध्यान दिइरहेको उल्लेख गर्दै, उनले भने ूएमाले मात्र आदिवासी जनजातिको मुद्दालाई सम्बोधन गर्न सक्षम छ,ू।

बैठकमा नेकपा एमाले केन्द्रिय सदस्य यज्ञराज सुनुवारले समावेशी प्रतिनिधित्वका लागि वैज्ञानिक विधि र प्रणाली अपनाउँदै संगठन निर्माण गर्नुपर्ने धारणा राखे।

कोशी प्रदेश अध्यक्ष हरि यलाङ लिम्बूले जातीय घटक संगठन निर्माण गर्ने र जिल्लामा आदिवासी जनजातिको युवा दस्ता गठन गर्न निर्देशन समेत दिए।

बैठकमा विभिन्न तहका नेताहरुको उपस्थिति रहेको थियो भने संगठन विस्तार र प्रभावकारिता वृद्धिका लागि आवश्यक रणनीतिहरु तय गरिएको जनाइएको छ।


शेयर गर्नुहोस्

अन्य खबरहरु