प्रथम नेचासल्यान फुटसल प्रतियोगिता आज बाट सुरु

शेयर गर्नुहोस्

सोलुखुम्बु– प्रथम नेचासल्यान फुटसल प्रतियोगिता आजबाट सुरु भएको छ । १५ औँ चुली फुटबल क्लवको आयोजनामा नेचासल्यान गाउँपालिका ३ स्थीत हिमाल दर्शन माविको खेलमैदालमा आज एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो ।

स्थानिय खेलाडिका विकास र पहिचान, १५ औँ चुली फुटबल क्लवको अभियान भन्न मूल नाराका साथ आजबाट सुरु भएको प्रतियागिताको उद्घाटन नेचा सल्यान गाउँपालिका उपाध्यक्ष विना राईले व्यानर वाचन गरि गर्नुभएको थियो । फुटसल प्रतियोगिताको खेल जिल्ला युवा परिसदका अध्यक्ष सुजन राईद्धारा रेफ्रि क्षितिज तामाङलाई हस्तान्तरण गरी सुरु गरिएको थियो । स्थानिय स्तरमा रहेका फुटबल खेलाडीहरुको क्षमता र कलालाई प्रस्फुटन गराउने मुख्य द्ययका साथ आयोजना गरिएको प्रतियोगितामा सोलुखुम्बु, खोटाङ लगाएत ओखलढुङ्गा गरी २३ टिमको सहभागिता रहेको छ ।

रोषण फुयालको सभापतित्वमा भएको कार्यक्रममा नेचासल्यान वडा ५ वडा अध्यक्ष राजन राई, वडा ३ अध्यक्ष सिताराम भट्टराई, लगाएत विभिन्न निर्वाचित जन प्रतिनीधिहरुको उपस्थिति रहेको थियो । बुधबारबाट सुरु भएको खेल विहिबार सम्म संचालन हुने आयोजकले जनाएको छ ।

यस्तै, प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमले नगद ३० हजारको साथमा ट्रफि, मेडल र प्रमाण पत्र तथा द्धितिय हुनेले १५ हजारको साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।


शेयर गर्नुहोस्

अन्य खबरहरु